नियम ४४
क्षतिपूर्ति समितिले कुनै साक्षी, सबूद प्रमाण उपस्थित गराउन वा झिकाउन सक्ने

() नियम ४१ बमोजिम क्षतिपूर्तिको लागि आफू समक्ष परेको उजुरी उपर निर्णय गर्दा कुनै साक्षी सबूद प्रमाण उपस्थित गराउन वा झिकाउन पर्ने आवश्यक देखेमा त्यस्तो साक्षी, सबूद प्रमाण आफू समक्ष सात दिनभित्र उपस्थित गराउन वा पेश गर्न क्षतिपूर्ति समितिले उजुरवालालाई वा सम्बन्धित व्यक्तिलाई आदेश दिन सक्नेछ

() उपनियम () बमोजिमको आदेश प्राप्त भएको सात दिनभित्र त्यस्तो साक्षी, सबूद प्रमाण क्षतिपूर्ति समिति समक्ष उपस्थित गराउने वा पेश गर्ने कर्तव्य उजुरवाला वा सम्बन्धित व्यक्तिको हुनेछ यसरी साक्षी, सबूद प्रमाण क्षतिपूर्ति समिति समक्ष उपस्थित नगराउने वा पेश नगर्ने व्यक्तिलाई क्षतिपूर्ति समितिले पाँचहजार रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ